सूर्यवंशीको ट्रेलरले २४ घण्टामै रच्यो यस्तो इतिहास



एजेन्सी : बलिउडको प्रतिक्षित फिल्म ‘सुर्यवंशी’ले ट्रेलर रिलीज भएको २४ घण्टामै नयाँ इतिहास बनाएको छ ।

बलिउडका तीन सुपरस्टार अक्षय कुमार, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको फिल्म सोमबार रिलीज भएको थियो ।

अक्षय कुमारको फिलम सूर्यवंशी सन् २०२० को बहुप्रतिक्षित फिल्ममा सूचीमा समावेश छ ।

अक्षय कुमारले ट्वीट गरेर एउटा भिडियो सेयर गरेका छन् जसमा फिल्मको ट्रेलरले २४ घण्टाभित्र ४ करोड २० लाख भ्यु पाएको जानकारी दिएका छन् । अक्षयले ट्रेलरलाई हात फैलाएर स्विकार गरेकोमा प्रशंसकलाई धन्यवाद दिएका छन् ।

यो समाचार तयार पार्दासम्म सूर्यवंशीको ट्रेलर ५ करोड ३२ लाख १२ हजार ८ सय ९७ जनाले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्