पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सार्ने निर्णयको विरोध



मोरङ : पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको गोठगाउँमा सार्ने निर्णयको विरोध गरिएको छ ।

नेपाली काँग्रेस र समाजवादी पार्टीको महानगर समितिले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वविद्यालयको विधान र ऐनमा केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख गरिएकोमा संसदबाट निर्णय सच्चाउन माग गरिएको छ ।

नेका महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपानेले महानगरपालिकाको अवधारणा र प्रदेशको राजधानीको हैसियतले केन्द्र यही रहनुपर्ने अन्यथा विरोध कार्यक्रम गरिने जानकारी दिए । यसैगरी समाजवादीका नगर कमिटीका कार्यवाहक अध्यक्ष मोहम्मद नसरुलले भौतिक संरचना रहेको केन्द्रीय कार्यालय सार्ने निर्णयले विराटनगरलाई मृत शहरको रुपमा परिणत गर्न खोजिएको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस्