ब्राउन सुगरसहित ६ जना पक्राउ



झापा : अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा-६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा-२ का २० वर्षीय सन्तोष तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार विशेष सुराकीका आधारमा इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९.२९ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाइल र ५५ हजार नगद बरामद गरेको छ । वि.सं. २०७६ जेठदेखि फागुन २१ गतेसम्ममा इलाका प्रहरी कार्यालय अनारमनीले लागुऔषधसहित ५६ लाई पक्राउ गरेको छ । पछिल्लो समय पक्राउ पर्नेको संख्या बढ्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्