महोत्तरीको झाडापखाला प्रभावित क्षेत्रमा मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमै फैलिएका झाडापखालाले मृत्यु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट प्रति मृतक परिवार एक लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 

 

झाडापखाला प्रभावित क्षेत्र निरीक्षण गर्न सोमबार नैन्ही पुगेकाम मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नुे सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीलाई धन्यवाद दिँदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रहसमेत गरे ।

 

स्वच्छ खानेपानी आभावमा झाडापाखाला फैलिएको प्रतिवेदन आइसकेको बताउँदै उनले स्वच्छ खानेपानीका लागि प्रदेश सरकारले छिट्टै व्यवस्था गर्ने आश्वासन दिए । 

उनले स्वच्छ खानेपानीका लागि पूरै गाउँलाई पुग्ने ट्यांकी निर्माण गर्न नगरपालिकालाई आग्रह गरे । साथै उनले त्यसमा आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको समेत बताए । 

 

मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग फैलिने गरेको बताउँदै सबैलाई सरसफाइमा जुट्नसमेत आग्रह गरे । प्रभावित क्षेत्र निरीक्षणका क्रममा जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, पूर्वमन्त्री हरिनारायण यादव, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी, किरणकुमारी राय सहितको उपस्थिति थियो । 

 

प्रतिक्रिया दिनुहोस्