एक भारतीयसहित दुई जना पक्राउ



काठमाडौं: भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ । 

चौध लाख जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत् चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महीनामा जिल्लामा विद्युत् चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्