लिम्बू जातिको मौलिक प्रथामा बनेको ‘बैनाबट्टा’ राजधानीमा च्यारिटी शो



काठमाडौं : नेपाली कथानक चलचित्र ‘बैना बट्टा’ को च्यारिटी शो राजधानीको नाचघर जमलमा बुधबार सम्पन्न भएको छ ।

चलचित्र हेर्न विभिन्न कलाकर्मी, पत्रकार तथा समाजसेवीहरु पुगेका थिए । च्यारिटि शोमा तारिफ पाएको यस चलचित्रलाई देश तथा विदेशका अन्य ठाँउहरुमा पनि विशेष शो गरिँदै छ ।

चलचित्र नेपालको पूर्वी जिल्लामा बसोबास गर्ने लिम्बू जातिहरुको मौलिक प्रथा ‘बैनाबट्टा’मा बनेको छ ।

चलचित्रमा आदिवासी जनजाती, उत्पीडित समुदायहरु मध्ये लिम्बू जातीको पहिचान, भाषा, संस्कार, संस्कृतिलाई मुल रुपमा उठाईएको निर्माण पक्ष बताउँछ । चलचित्रलाई पूर्वाको पर्यटकीय स्थलहरु इलाम, पाँचथर र ताप्लेजुङ लगायतका ठाउँ हरुमा छायांकन गरिएको छ ।

चलचित्रमा बाबु मोक्तान, देबेन्द्र नेम्बाङ, कबिता राई, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश वनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ लगाएतका कलाकारहरुको अभिनय छ ।

सुम्हात्लुङ फिल्मस् प्राली को ब्यानरमा बनेको बैनाबट्टालाई राज चाम्लिङले निर्देशन र प्रेमराज लावतिले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्