खगेन्द्रको ‘पानी फोटो’को प्रदर्शन मिति तय



काठमाडौं : खगेन्द्र लामिछानेको डेब्यु निर्देशन चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति तय भएको छ ।

निर्माण कम्पनी टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले चलचित्र साउन ३० गते देखि प्रर्दशनमा आउने रिलिज मिति घोषणा गरेका हुन् । खगेन्द्र लामिछानेले पन्ध्र वर्ष अगाडी नाटक ’पानीफोटो’ निर्देशन गरेका थिए ।

पुनः यहि नाम र कथा सहित चलचित्र निर्माण गरेका हुन् । चलचिमा पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाउआमाको कथालाई समेटिएको छ ।

चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, प्रकाश घिमिरे, श्यामकुमार खड्काको मुख्य भूमिका रहेको छ ।

पानीफोटो’मा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहेको छ भने दीपक बज्राचार्यको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्