चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई पीजी सर्टिफिकेट



काठमाडौं : चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन ३० गतेबाट प्रदर्शनमा आउँदैछ । सुदर्शन थापाद्धारा निर्देशित चलचित्रमा पल र पुजाको मुख्य भूमिका रहेको छ ।

म्युजिकल लभ स्टोरीमा निर्माण यस चलचित्र सेन्सर पास भएको छ । चलचित्रले पीजी सटिफिकेट पाएको छ । अब यस चलचित्र हेर्दा १६ वर्ष भन्दा कम उमेरका दर्शक अभिभावकको साथमा हुनुपर्ने छ ।

चलचित्रमा पुजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायल गायतका कलाकारहरूको अभिनय रहेको छ । ’म यस्तो गीत गाउँछु २’को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।

बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका छन् । चलचित्रमा पाँच वटा गीत समाबेश छ र पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्