‘हरे राम हरे कृष्ण २ हरि बोल’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : गत वर्ष अत्याधिक लोकप्रिय भजन ‘हरे राम हरे कृष्ण’ को अपार सफलता पछि गायक सशान कंडेलले नयाँ भजन ‘हरे राम हरे कृष्ण २ हरि बोल’ रिलिज’ गरेका छन् ।

पहिलो भजनको तुलनामा अझ बढी मेहनत गरी बनाइएको यो भजनको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।

इस्टन र वेस्टन फ्युजनमा बनेको भजनलाई अहिलेका नयाँ पुस्ताले मन पराउनुका साथै बच्चा देखि बुढासम्मले मन पराएका छन् । भजनको शब्द सशानको आफ्नै रहेको छ भने संगीत राजेन्द्र बजगाइको रहेको छ ।

बुद्ध थापा र ओम प्रसाइले भिडियोमा छायांकन गरेका छन् भने विकास दाहालको सम्पादनमा रहको भिडियोमा कंडेल आफैले निर्देशन गरेका छन् । उत्कृष्ट छायांकन गरिएको ‘हरे राम हरे कृष्ण २’ ले पनि सार्वजनिक भएको केहि दिनमै पहिलो भजन जत्तिकै स्रोता र दर्शकको माया र साथ पाएको छ ।

प्रतिक्रिया दिनुहोस्