पृथ्वी राजमार्गमा दुर्घटना, पाँच घाइते



मुग्लिन : पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चारजना घाइते भएका छन् । 

घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मुग्लिनबाट काठमाडाैं जाँदै गरेको ना५ख ९७०६ नम्बरकाे ट्रक र काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको ना६ख ९८९९ नम्बरकाे ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएकाे हाे। 

यसैबीच बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट कुरिनटारतर्फ आउँदै गरेको ना६ख ९१०६ नंको ट्रक र काठमाडौँतर्फ जाँदै गरेको ना५ख २७६२ नंको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएकाे हाे । 

दुर्घटनामा काठमाडौंतर्फ जाँदै गरेको ट्रकका चालक घाइते भएका छन् । उनको मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । लामो समयपछि सिमसिम पानी पर्दा सवारीसाधन चिप्लएर अत्यधिक दुर्घटना हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्