बसले ठक्कर दिँदा महिलाकाे ज्यान गयाे



भक्तपुर : भक्तपुरमा सडक दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा बसबाट झर्ने क्रममा सोही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

 

काठमाडौंबाट जगातीतर्फ आउँदै गरेको बा४ख ९३९० नम्बरको बसले ठक्कर दिँदा ओखलढुङ्गा ज्यामिरे–२ घर भई भक्तपुर कटुन्जे प्रगतिचोक बस्दै आएकी ४० वर्षीया प्रतिमा वाग्ले बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ । ढोकाबाट तल झर्नेबित्तिकै बसले ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले बताए ।

 

बस र त्यसका चालक दोलखाको भीमेश्वर नगरपालिका–६ का २७ वर्षीय नवराज नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्