कालो वस्त्रमा निकै आकर्षक देखिइन् कट्रिना कैफ



एजेन्सी : बलिउड अभिनेत्री कट्रिना कैफको स्टाइल र फेशन सेन्स गजबको छ । उनका वस्त्र परिधानलाई अनेकौं युवतीहरू कपी गर्ने कोशिश गरिरहेका हुन्छन् ।

कट्रिनाले हालैको दिनमा कोर्सेट स्टाइलको ड्रेस लगाएर फोटोशूट गरेकी छन् । त्यसको माथिल्लो भाग कालो छ र कम्मरतिर ट्रान्सपरेन्ट मटेरियल उपयोग गरिएको छ । अनि त्यसमुनिको भाग पनि कालो छ । त्यसले उनलाई सेक्सी अपील दिएको छ ।

कट्रिना कैफले आगामी फिल्मको प्रमोसनअघि स्टाइलिश देखिएर प्रशंसकहरूको मन जित्न शुरू गरेकी हुन् । इन्स्टाग्राममा शेयर गरिएको तस्वीरमा कट्रिनाले सब्यासाचीको डिजाइनका लुगा लगाएकी छन् र सुन्दर देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्