छोरी जन्मिएपछि आफ्नो नयाँ जन्म भएको राजबल्लभको अनुभव



काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा कुनै समय चर्चित रहेका नायक राजवल्लभ कोइराला पिता बनेका छन् । झापाकी प्रतिमा विमलीसँग प्रेम विवाह गरेका राज वल्लभको केही साता अगाडी मात्र छोरी जन्मिएकी छिन् । छोरी जन्मिएपछि आफ्नो पनि पिताको रुपमा नयाँ जन्म भएको बल्लभको अनुभव छ ।

चलचित्र ‘पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि, उनले उतै बस्ने निर्णय गरेका थिए ।

अमेरिकामा परिवार सहित बस्दै आएका बल्लभ छोरी जन्मिएपछि आफ्नो फेसबुकमा लेख्छन् ‘छोरी, तिमी जन्मेको दिन मै मेरो पनि जन्म भयो, पिता बनेर । तिमीलाई यो संसार जति नौलो लाग्दै छ । मलाई पनि त्यस्तै लाग्दैछ ।

धेरै कुरा हामीसँगै सिक्दै जानेछौं । तिम्रो आँखाले म पनि संसार हेर्ने र बुझ्ने कोशिश गर्दैछु । तिम्रो आँखामा संसार कति सिम्पल र राम्रो छ है । दुई चार नराम्रो कुरा बिर्सने हो भने संसार वास्तवमै राम्रो छ , र तिम्रो आगमनले यसलाई थप सुन्दर बनाएको छ । म तिमीले सोचेको जस्तै बेस्ट बाबा बन्ने कोशिस गर्छु है !’

प्रतिक्रिया दिनुहोस्