नेपाल चलचित्र निर्माता संघद्धारा चलचित्रको छायांकन रोक्न आग्रह



काठमाडौं : कोरोना भइरसको त्रासका कारण सरकारले मेला,महोत्सव, जमघट तथा जात्रा जस्ता कार्यहरु नगर्न आग्रह गरिरहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघले पनि सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ ।

चलचित्रको छायांकन सेटमा कोरोनाको जोखिम बढि हुने भन्दै सम्भव भएसम्म छायांकन रोक्न निर्माता संघले आग्रह गरेको छ ।

छायांकन भइरहेका चलचित्रको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आफ्नो चलचित्र छायांकन रोक्न पनि निर्माता संघले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्