कोरोना भइरसका कारण ‘म यस्तो गीत गाउँछु–२’को प्रदर्शन मिति स्थगित



काठमाडौं : चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति स्थगन भएको छ । कोरोना भइरसको त्रासका कारण सरकारले मेला, महोत्सव, जमघट तथा जात्रा जस्ता कार्यहरु नगर्न आग्रह गरिरहेको छ ।

विश्वभर भैलिएको कोरोना भाइरसका कारण निर्माण समुहले चलचित्र ‘म यस्तो गीत गाउँछु-२’को प्रदर्शन मिति रोकेको छ ।

फागुन ३० गते प्रर्दशनमा आउने चलचित्रलाई निर्देशक तथा निर्माता सुदर्शन थापाले प्रेस विज्ञप्ती जारी गर्दै प्रदर्शन मिति तत्काललाई स्थगन गरिएको जानकारी गराएका छन् । प्रेस विज्ञप्ती यस्तो छ ।

अब नेपाल सरकारको नयाँ सूचना नआएसम्म चलचित्र कहिले प्रदर्शनमा ल्याउने भन्ने कुरा अनिश्चित छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा पूजा शर्मा र पल शाहसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायाल गायतका कलाकारहरूको अभिनय रहेको छ । ’म यस्तो गीत गाउँछु २’को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्