नरहरि प्रेमीको होली गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं : लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ ।

रंगको पर्व होलीलाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् ।

निकै नै पावरफुल आवाजका धनी नरहरि प्रेमीसँगको युगल गायनमा हरसम्भव साथ निभाउने कोशिस गरेकी छिन् रश्मिले । जस्तोसुकै गीतमा उत्तिकै जबर्जस्त प्रस्तुति दिने अव्वल दर्जाका गायक नरहरि प्रेमीले यो आयो होली गीतमा पनि आफ्नो दमदार आवाजको जादु छर्न सफल भएका छन् ।

गीत सुन्योकि नचिहालु झै लाग्ने यस गीतको संगीत र एरेञ्ज पक्ष पनि उत्तिकै सबल देखिन्छ । सरल तर गहकिला भाव छल्किने गीतलाई समग्र हिसावले नयाँपन दिन प्रेमी सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्