अब पार्टीको बैठकमा जानुको कुनै तुक छैन – कांग्रेस नेता सिटौला 



काठमाडाैं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अागामी २५ गते बस्ने पार्टी बैठकमा आफू सहभागी नहुने बताएका छन् । मंगलबार बिहान आफ्ना निकट नेता तथा कार्यकर्तासँग दशैंको शुभकामना साटासाट गर्दै नेता सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्न खोजेको जस्तो देखिएको आरोप लगाएका छन् । 

 

सिटौलाले नेता तथा कार्यकर्तासँग भने, 'देश कम्युनिष्टको कब्जामा छ, यस्तो वेलामा पार्टी कब्जा गर्नुको कुनै तुक छैन ।' उनले कांग्रेस शशक्त प्रतिपक्षीको भुमिकामा उत्रनु पर्नेमा समेत जोड दिए । 

 

गत आइतबार मात्रै कांग्रेसको बैठकले बहुमतद्धारा नेविसंघमा उमेरहद लगाउने निर्णय गरेपछि सिटौला सहितका नेताहरु त्याे निर्णयप्रति रुष्ट बनेका छन् । सिटौलासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंहले संयुक्त रुपमा फरक मत समेत पार्टी बैठकमा राखेका थिए । 

 

मंगलबार दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिटौलाले भने, 'सभापति जीले बहुमतकै आधारमा पार्टी चलाउने भए हामी किन बैठकमा जानु पर्यो ?' उनी मंगलबार नै विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने गरि उपत्यका बाहिर जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्