साहित्यकार शर्मा रहेनन्



काठमाडौं :  साहित्यकार मोहनराजको शर्माको निधन भएको छ। शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल्स अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन्।  शर्माका छाेरा अष्ट्रेलियमा रहेकाे उनलाई उनकाे अन्त्यष्टि शनिबार मात्रै गरिने भएकाे छ। 

 

७८ वर्षीय शर्माका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् । दमबाट थलिएका शर्मा विगत १० दिनयता अस्पताल भर्ना भएका थिए । उनी प्रेसर र सुगरबाट समेत पीडित थिए 

 

 २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका शर्माको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो। शर्माका नाटक, समालोचना, कथा, लगायत कृतिहरू प्रकाशित छन्।

 

 

प्रतिक्रिया दिनुहोस्