आशा लघुवित्तको आइपिओ आउँदै



काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्ममा फारम बुझाउनेगरी आइपिओ निष्कासन गर्न लागेको हो ।

 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्दैछ । त्यसमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारी र ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

 

बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ३ हजार ३ सय ७० कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशाले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त्त गरिसकेको छ । आशाको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको जनाउँछ ।

आशाको हाल १४ करोड रुपैयाँ चुक्ता पुँजी ५ । आइपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । यो कम्पनीले गत भदौ १७ गते आइपिओ निष्कासन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले पुस २९ गते स्वीकृत गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्