images

प्रथम राष्ट्रिय परिचयपत्र वाहक भण्डारीको निधन

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
प्रथम राष्ट्रिय परिचयपत्र वाहक भण्डारीको निधन

पाँचथर : नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ। दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सुर्य अधिकारीले जानकारी दिए।

उनको शुक्रबार नै फिदिमस्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ। नेपालमै पहिलो पटक गत मंसिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए। गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको सुरुआत समेत गरिएको थियो। गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण संकलन गरेर विवरण संकलन कार्यको सुरुआत भएको थियो। दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी छन्।

पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ।

जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ। नेपाल सरकारले पाँचथरका १ लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ। 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

भतिजी बलात्कारको आरोपमा २२ वर्षीय काका पक्राउ

भतिजी बलात्कारको आरोपमा २२ वर्षीय काका पक्राउ

सोलुखुम्बु : १४ वर्षीया भतिजीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ख..

भाइको कुटाइबाट दाइको मृत्यु

भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको मृत्यु भएको छ। थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाज..

मुखमा लुकाएर ब्राउन सुगर तस्करी, दुई दिनमा ३ जना पक्राउ

मुखमा लुकाएर ब्राउन सुगर तस्करी, दुई दिनमा ३ जना पक्राउ

झापा : झापा प्रहरीले दुई दिनको अन्तरमा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। छुट्टा छुट्टै स्थानबाट..

‘आरक्षण बचाऔं आन्दोलन’द्वारा प्रदेश बन्दको आह्वान, जनजिवन प्रभावित 

‘आरक्षण बचाऔं आन्दोलन’द्वारा प्रदेश बन्दको आह्वान, जनजिवन प्रभावित 

काठमाडौं : ‘आरक्षण बचाऔं आन्दोलन’ले घोषणा गरेको प्रदेश १ को बन्दले जनजिवन प्रभावित भएको छ ।  आद..

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

ओखलढुंगा : चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका छन् ।  द..

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

विराटनगर : प्रदेश–१ सरकारले ५८ प्रतिशत मात्र बजेट खर्च गरेको छ। दुई तिहाई बहुमत प्राप्त प्रदेश–१ स..