कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि वार्ता जारी



काठमाडौँ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच आज पनि वार्ता जारी रहेको छ  । बिहीबारको वार्ता भएकै स्थान विराटनगरको बिग होटलमा आजको वार्ता सुरु भएको हो ।

वार्तामा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा तीन सदस्यीय सरकारी टोली रहेको छ । यसै गरी पहिचान पक्षधरका ११ जना सहभागी रहेका छन् ।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनमा छन् । उनीहरूसँग वार्ता गर्न कोशी सरकारले यही माघ ६ गते मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्