ताप्लेजुङमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता



काठमाडौँ : ताप्लेजुङको मैवाखोला गाँउपालिकामा नेपालकै सर्वाधिक धन राशीको 'तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगता' हुने भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् सांसद योगेश भट्टराईको उपस्थितीमा काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो । 

प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख ५१ हजार पाँचसय पाँच रुपैया, उपविजेतालाई एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँ र सेमी फाइनलका टिमहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल लागत ३६ लाख ५६ हजार रहेको बताइएको छ । 

वैशाख २२ देखि २६ गतेसम्म मैवाखोला गाँउपालिका-३ साँघु स्थित नारायणी माविको खेल मैदानमा हुने खेलको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ निवासी काठमाडौंका व्यवसायीहरु बलबहादुर तामाङ, ईश्वरी पौडेल र रमेश बरालले प्रायोजन गरेका छन् । 

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथीभरा क्लबको सह-आयोजनामा प्रतियोगिता हुने संयोजक दिवस चोङवाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्