ओखलढुंगा : चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका छन् । दिउँसै मादक पदार्थ (मापसे) गरेर आएका लुइटेलले गाउँपालिकामा काम गरिरहेका वडाध्यक्ष सुरेश थापालाई गाउँपालिकाको कार्यालयमै कुटपिट गरेका हुन्।
थापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। अध्यक्ष थापाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उजुरी दर्ता गरेका छन्। थापाको खुट्टामा चोट लागेको छ । लुइटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ । स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड प्रहरीमा बुझाएका छन्।
अडियोमा लुइटेलले थापालाई कुटेको र प्रमुख प्रशासकीय अधिकृत भगत र सुब्बा ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।अध्यक्ष लुइटेल भने फरार छन्। उनको मोबाइल अफ गरिएको छ।