तराईमा यसरी मनाइयो होली (फोटोफिचर)



वीरगन्ज : तराईमा प्रेम र सद्भावको पर्वको रुपमा मनाइने होली पर्व मंगलबार पर्सा, बारालगायत क्षेत्रमा भव्य रुपमा मनाइएको छ ।

एक–अर्कालाई रङ लगाएर र विभिन्न परिकार खाँदै–खुवाउँदै आज होली पर्व भव्य रुपमा मनाइएको हो ।

फागुन चतुर्दशीको दिन समद जलाएर पुर्णिमाको होली मनाउने हाम्रो मैलिक परम्परा हो । सोमबार समद अथार्त होलिका दहन गरिएपछि आज मंगलबार रङ अबिर लगाउदै हर्षोल्लासका साथ होली मनाउने गरिन्छ ।

वीरगन्जका सडक र चोकहरूमा गीत बजाएर नाचगान गर्दै मानिसहरूले रङ–अबिर साटासाट गरे भने ग्रामीण क्षेत्रमा होली गीत गाएर मनाइयो।

होलीको अवसरमा भोजपुरीभाषी समाजमा प्रचलित विशेष किसिमको लोक–संगीत गाउने–बजाउने प्रचलन रहेको छ ।

तराईमा मंगलबारका दिन माछामासु नखाने प्रचलन रहेको छ । आ–आफ्नो घरमा विशेष पूजा पाठ गरी कुल देवतामा अरिब, नारिवल, छोहडा चढाइ बिधिवत रुपमा होलि आजै नै हर्षोल्लासका मनाइएको छ ।

बुधबार घरमा खानपानको ब्यवस्थापन गरेर आफ्ना इस्टमित्र र आफन्तलार्इ बोलाइ खुवाउने र होली बुधबार पनि मनाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्