मुख्यमन्त्री यादवले आज तेस्रो पटक विश्वासको मत लिँदै



सरोजकुमार यादव

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकारबाट आफु पछाडिहट्दै  विश्वासको मत पनि फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

मधेशमा १०७ प्रदेश सभा सदस्यहरूमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । नेपाली काँग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका (९) र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।

मधेशको सबैभन्दा ठुलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्