नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु



पोखरा : नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) को छैटौं बैठक बिहीबार साढे पाँच बजेदेखि पोखरामा सुरु भएको छ। बैठकका लागि पोखरा आएका भारतीय तथा नेपाली समकक्षी मुक्तिनाथ दर्शन गर्न गएकाले बैठक ढिला भएको हो। 

ऊर्जा, जलस्रोत, सिंचाइ सचिव दिनेशकुमार घिमिरे र उनका समकक्षी अजय भल्लासहित सहसचिवको टोली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ लगायत अन्य स्थानको अवलोकनमा गएकाले बैठक निर्धारित समयभन्दा पर सरेको हो।

बैठकमा नेपाली पक्षको नेतृत्व घिमिरे र भारतीय पक्षको नेतृत्व भल्लाले गरेका छन्।  यो बैठकले बुधबार भएको सहसचिव स्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) ले तय गरेका विभिन्न एजेन्डालाई अनुमोदन र पारित गर्ने कार्यक्रम छ।बैठकको प्रमुख एजेन्डामा गत पुसमा भारतको नयाँ दिल्लीमा पारित इनर्जी बैकिङसम्बन्धी द्धिपक्षीय सहमतिलाई पारित गर्नु रहेको छ। एक देशले अर्को देशलाई आप्mनो आवश्यकता रहेका बेला ऊर्जा आदान-प्रदान गर्नुलाई इनर्जी बैकिङ भनिन्छ। 

नेपाललाई हिउँदयाममा आवश्यक परेका बखत भारतले दिने र वर्षायाममा भारतलाई खाँचो परेका बेला नेपालले बिजुली आपूर्ति गर्ने संयन्त्र नै इनर्जी बैकिङ हो। नेपाललाई बिजुलीको हिउँदयाममा आवश्यकता बढी तर उत्पादन कम हुने गर्छ। यसैगरी भारतमा वर्षायाममा बिजुलीको माग अत्यधिक हुने तर नेपालमा जडित क्षमतामा उत्पादन हुन्छ। 

भारतलाई आगामी वर्ष माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका आयोजना सम्पन्न भएपछि वर्षायामको ६ महिना भारतलाई बिजुली निर्यात गर्न सक्छ। यो पद्धति सुरुएआत भएमा नेपालको जलविद्युत् आयोजना विकासमा सघाउ पुग्ने देखिन्छ।

त्यसैगरी बेठकको दोस्रो प्रमुख एजेन्डमा न्यू बुटबल-गोरखपुर न्यू ४०० केभी प्रसारण लाइनको निर्माणसम्बन्धी ढाँचा (मोडालिटी) तय गर्नु रहेको छ। कम्पनी, सरकारी वा अन्य उपयुक्त मोडलमा बनाउने विषयमा सहमति हुने अपेक्षा नेपाली पक्षको रहेको खवर अन्नपुर्णमा छ । 

प्रतिक्रिया दिनुहोस्