एसिड प्रहार गर्ने पुर्पक्षका लागि जेल चलान 



राैतहट : छिमेकी दिदी बहिनीलाई एसिड प्रहार गरेको अरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका–६ का रामबाबु पासवानलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

 

आदेशपछि उनलाई कारागार पठाईने छ। १८ वर्षीया सम्झनाकुमारी दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेको आरोपमा पासवान पक्राउ परेका थिए।

गत भदौ २६ गते मध्य राती पासवानले सम्झना र सुस्मितामाथि एसिड प्रहार गरेका थिए। घट्नाको ४ दिनपछि उनी पक्राउ परेका थिए। घट्ना लगत्तै ईलाका प्रहरी चन्द्रनिगाहपुरले कल डिटेल्स र उनको गतिविधिको आधारमा भदौ ३१ गते पक्राउ गरेको हो।

 

अनुसन्धानले पनि पासवान घट्नामा संलग्नता देखिएको ईलाका प्रहरीका डीएसपी युवराज खड्काले बताए। ‘घट्नाको राती पासवानले सम्झनालाई लगातार फोन गरेको देखिएको छ,’उनले भने,‘विभिन्न कोणबाट अनुसन्धान गर्दा पासवानको संलग्नता फेला पारिएको हो।’ प्रहरीले कर्तव्य ज्यान र एसिड प्रहारका मुद्दा चलाएको छ।

 

उनी अनुसन्धानको क्रममा २४ दिन हिरासत बसेका थिए। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश हुँदा न्यायधिश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले मुद्दाको कामकारबाहीका लागि थुनामा राख्ने आदेश भएको अदालतका श्रेस्तादार उप सचिव गुणराज पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस्