पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् १७ वर्षको वैवाहिक सम्बन्ध



काठमाडौं : पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्षको वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेकी छन् । मोडलसमेत रहेकी खड्गीले एक टेलिभिजसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णयमा पुगेकी बताएकी हुन् ।

खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो ।

विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।

वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानेकी थिइन् । उनले वैवाहिक जीवनको १७ वर्षपछि पनि हिंसा सहनु पर्ने भएकोले यो निर्णयमा पुगेकी बताइन् ।

उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको बताएकी छन् ।

१९ वर्ष अघि चिनजान भएको जीपी र उषा २ वर्ष रिलेसनसिपमा बसेका थिए । त्यसपछि उनीहरुले विवाह गरेका थिए । उनीहरुको एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्