प्रशासन मन्त्री त्रिपाठीका कारण संसदीय समितिको बैठक स्थगित



काठमाडौं : पटक–पटक स्थगित हुँदै आएको संसदीय समितिको बैठक आउँदो बुधबारसम्मका लागि पुनः स्थगित भएको छ ।

साढे दुई महिनापछि आज (आइतबार) बसेको संसदीय समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीका कारण स्थगित भएको हो ।

संघीय निजामति ऐन सम्बन्धी विधेयकमा रहेका केही प्रावधानमा मन्त्री त्रिपाठीको असहमितले गर्दा बैठक स्थगित भएको हो । अघिल्ला मन्त्री लालबाबु पण्डितले ल्याएको विधेकका केही प्रावधानप्रति सामान्य प्रशासन मन्त्री त्रिपाठीले असहमति जनाउँदै आएका छ ।

विधेयकमा रहेको प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव र स्थानीय प्रशासकीय अधिकृत तत्कालका लागि निजामतीकै कर्मचारी हुने तर प्रदेश लोकसेवा आएपछि प्रदेश र स्थानीय तहकै मातहतमा जाने प्रस्ताव समिति सभापति शशी श्रेष्ठले पेश गरेकी थिइन् । तर, मन्त्री त्रिपाठीले त्यसलाई मानेका छैन ।

प्रतिक्रिया दिनुहोस्