कोरोनाबारे भारतीय प्रधानमन्त्री मोदीले भने–‘सँगै तयारी गरौं, सँगै सफल हौं’



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमणसँग सँगैसँगै लड्नुपर्ने बताएका छन् ।

आज (आइतबार) अपराह्न ५ः१५ बजेबाट शुरु भएको भिडियो कन्फेरेन्समा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले कोरोना भाइरसको जोखिमसँग सँगसँगै लड्नुपर्ने बताएका हुन् ।

उनले भने– ‘हामीले सँगसँगै तयारी गर्नुपर्छ । सँगसँगै काम गर्नुपर्छ । सँगसँगै सफल हुनुपर्छ ।’ मोदीले आफ्नो मुलुकले विशेष ‘प्रोर्टकल’ निर्माण गरी ‘स्क्रिनिङ’, ‘क्वारेन्टाइन’, ‘आइसोलेशन’ र ‘डिस्चार्ज’ सेवालाई प्राथमिकता दिएको बताए ।

उनले यो रोग रोकथाम र नियन्त्रणमा सार्कका सबै मुलुक सक्षम हुने बताएका छन् ।

सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आज भिडियो कन्फेरेन्समार्फत सबै सदस्यहरु साझा रणनीति बनाउँदै छन् ।

मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सञ्जाल ट्वीटरमार्फत राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्