रणवीरले जिते ‘उत्कृष्ट अभिनेता’ को अवार्ड, पत्नी दीपिकाले दिइन् यस्तो प्रतिक्रिया



एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहले ‘जी सिने अवार्ड –२०२०’ मा उत्कृष्ठ अभिनेताको अवार्ड जित्न सफल भएका छन् ।

उनले उक्त अवार्डको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
रणवीरकी पत्नी अभिनेत्री दीपिका पादुकोणले प्रतिक्रिया जनाएकी छिन् । रणवीर र दीपिका एक अर्काको पोस्ट्मा प्राय प्रतिक्रिया जनाइरहेका हुन्छन् ।

अभिनेत्री दीपिकाले आफ्ना पति बलिउड स्टार रणवीरले शेयर गरेको उक्त तस्बिरमा मायाले भरिएको कमेन्ट गरेकी छिन् ।

रणवीरको तारिफ गर्दै दीपिकाले लेखेकी छिन्, ‘हाय, तिमी निकै ह्याण्डसम छौ, ठीकै छ अलबिदा ।’ तस्बिरमा रणवीरले अवार्डसँग पोज दिएका छन् । उनले यो अवार्ड शुक्रबार राति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्