मौसम सामान्यतया सफा : यस्तो छ तीन दिनको पूर्वानुमान



काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले आगामी तीन दिन देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम
चैत्र ०३ गते (सोमबार)
दिउँसो :
देशका पहाडी भूभागमा आंशिक बदली र बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत्र ०४ गते (मंगलबार)
दिउँसो :
देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत्र ०५ गते (बुधबार)
दिउँसो :
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्