काठमाडौंको सतुंगलबाट ६ लाख थान मास्क बरामद



काठमाडौं : प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ ।

चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १ सय २० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

यसैगरी हिजो (आइतबार) कालोबजारी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी काठमाडौंको टोलीले तीन लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको थियो ।

प्रहरीले कपनबाट १ लाख ६८ थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।

शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

पछिल्लो सयम विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न प्रयोग हुने मास्क अभाव हुन थालेपछि प्रहरीले अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्