रणबीरले खुलेआम आलियालाई गरे चुम्बन, मलाइका र अर्जुन पनि एकसाथ



एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टले १५ मार्चमा २७ औं जन्मदिन मनाइन् । उनको जन्मदिनको विशेष अवसरमा बलिउडका थुप्रै स्टारहरुले उनलाई शुभकामना पनि दिएका छन् ।

जन्मदिनको अवसरमा राति आफ्ना केटी साथीहरुसँग पार्टी गरिन् । यसै सिलसिलामा उनका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भाइरल भएको एउटा तस्बिरमा आलियालाई रणबीरले चुम्बन गरिरहेका छन् भने उक्त फोटोमा अर्जुन कपूर र मलाइका अरोरा एक साथ अंगालोमा बेरिएका छन् ।

आलिया र रणबीरको यो तस्बिर थोरै पुरानो हो । यो तस्बिर मलाइका र आलियाको साथी नताशा पूनावालाले आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी हुन् ।

आलिया र रणबीर एक वर्षदेखि प्रेमसम्बन्धमा छन् । उनीहरुको नयाँ फिल्म ‘ब्रम्हास्त्र’ को शुटिङमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्