दुर्गन्धित आइसोलेसन वार्डलाई सुधार्न सांसद यादवको निर्देशन



वीरगन्ज : कोरोना संक्रमितको लागी नारायणी अस्पालमा गरिएको तैयारीबारे सांसद प्रदिप यादवले चासो लिएका छन्। सामेबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै क्रोना संक्रमितको लागी गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुखसगं जानकारी दिएका हुन्।

कोरोना सङ्क्रमितको लागी नारायणी अस्पतालमा गरिएको तैयारीबारे सांसद प्रदीप यादवले चासो लिएका छन्। सोमबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै कोरोना सङ्क्रमितको लागी गरिएको पूर्व तयारीको बारेमा अस्पताल प्रमुखसगं जानकारी दिएका हुन्।

अनुगमनमा संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्ड नै फोहोर र दुर्गन्धित रहेको पाइएको छ । नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुईँ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शय्याको आइसोलेसन वार्ड स्थापना गरेको छ ।

आइशोलेसन वार्ड स्थापना गरिएको कोठा भित्र माकुराको जालो र फगस व्यापकरुपमा देखिए पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यस्तो निर्देशन दिएका हुन्। वार्डको भुईँ पनि धुलोले ढाकिएको छ । वार्डमा राखिएका बेड पनि सफा छैन ।

यस्तै आइसोलेसन वार्डमा राखिने सङ्क्रमितका लागि छुटै शौचालय पनि बनाइएको छैन । शौचालयको निर्माण कार्य बल्ल आजबाट सुरु गरिएको छ । निरीक्षणका क्रममा आइसोलेसन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाई सफा सुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाई निर्देशन पनि दिए।

स्थलगत अनुगमन पछि सञ्चार कर्मीसँग कुरा गर्दै सांसद यादवले कोरोनाको सङ्क्रमित राख्नका लागि अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा चरक लापरबाही गरिएको बताए ।
उनले भने ,‘ सङ्क्रमितलाई राख्न बनाइएको वार्ड नै सफा छैन, जालो र धुलोले ढाकेको छ, यस्तो कोठामा यदि कोही सङ्क्रमितलाई राखियो भने उ झन् अर्कै रोगले सङ्क्रमित बन्छ ।’

अस्पतालको पुरानो भवनमा रहेको स्टोर रुममा स्थापना गरिएको आइशोलेसन वार्ड कुनै दृष्टिले सुरक्षित नरहेको भन्दै उनले भने ,‘ वार्ड भित्र पस्ने बित्तिकै ढुसी गन्हाइरहेको छ, यसलाई सफाइ गरेर सुधार गर्न मेसुलाई निर्देशन दिएको छु ।’

निरीक्षणका क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिङ्ग भेटिएको सांसद यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्