पाटन फर्पिङ फिडरमा ३ दिन बत्ती जाने



ललितपुर : पुल्चोक वितरण केन्द्रले वितरण गरेको पाटन फर्पिङ फिडरमा ११ केभी लाइन अपग्रेडिङ कार्य हुदैछ ।

अपग्रेडिङ गर्नुपर्ने भएकोले ४, ६ र ८ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सट डाउन हुने भएको छ । उक्त फिडर अन्तर्गत चुनिखेल, छम्पि, सल्यानटार, इटाहिटी, कामीडाँडा, टिकाभैरव, देविचौर, बुरुगचुली एरिया लगायत फिडरबाट सप्लाइ लिएका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्रधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कार्य निर्धारित समय अगाडि नै सकिएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने छ ।

प्रतिक्रिया दिनुहोस्