चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा दिनेश सिटौला



काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको आठौँ महाधिवेशन सम्पन्न भएको छ । हिजो (सोमबार) सम्पन्न केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ कार्य समितिको लागी दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर बलामी, सचिवमा रघुनाथ सापकोटा, सचिव (समावेशी) मा विशाल हसिन राई, कोषाध्यक्षमा प्रदीप कार्की र सह कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यमा दीपक गुरुङ (समावेशी), सुरक्षा भट्टराई (महिला), आशिष ओली, गोपी कृष्ण चापागाईँ, मिलन ढुङ्गाना, मनिष अनजान, नवीन गिरी, सृष्टि पोखरेल निर्वाचित भएका छन् । निर्वाचित सबैले आफ्नो तीन वर्षे कार्यकालमा चलचित्र पत्रकारको हितका लागि काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्