चलचित्र ‘परदेशी २’मा अभिनेता दीलिप रायमाझी इन्ट्री



काठमाडौं : गायक प्रकाश सपुतको निमार्णमा चलचित्र ‘परदेशी २’को छायांकन चलिरहेको छ ।

नारायण रायमाझीको निर्देशनमा बनिरहेको यस चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । छायाँकनरत यस चलचित्रमा अभिनेता दीलिप रायमाझीको पनि इन्ट्री भएको छ ।

दीलिप यस चलचित्रमा अतिथि भूमिकामा प्रस्तुत हुँदैछन् । प्रकाश सपुतले आफ्ना आइडल अभिनेता दीलिप रायमाझी पनि ‘परदेशी २’मा जोडिएको खुसी फेसबुक मार्फत सेयर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्