नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआएपछि ‘लभ डायरिज’ रि रिलिज



काठमाडौं : कोरोनाभइरसको त्रासका कारण सरकारले मेला, महोत्सव, जमघट तथा जात्रा जस्ता कार्यहरु नगर्न आग्रह गरिरहेको छ । विश्वभर भैलिएको कोरोनाभाइरसका कारण प्रदर्शन मिति तोकेका केही चलचित्रहरु ‘म यस्तो गीत गाउँछु २’ र ‘नीरफूल’ले प्रदर्शन मिति नै स्थगन गरेर बसे ।

यहि मौका छोपि सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ यतिबेला रि रिलिज गरिएको छ । फागुन २ गते रिलिज भएको चलचित्र ‘लभ डायरिज’ले राम्रो व्यापार भने गर्न सकेको थिएन । ‘लभ डायरिज’ पछि रिलिज चलचित्र आमा र सेन्टीभाइरस मात्र हलमा चलिरहेका छन् । कोरोनाभाइरसको त्रासले हलमा दर्शकको उपस्थिति निकै न्यून रहेको छ ।

यति बेला कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । यसै कारण पनि सोमबारबाट चलचित्र ‘लभ डायरिज’ जय नेपाल हलदेखि पुनः प्रदर्शनमा आएको छ । अब शुक्रबारबाट चलचित्र अन्य हलहरुमा पनि प्रदर्शन गरिने चलचित्र वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रमा सुशीलका साथमा रुविना थापा, विश्व रिमाल लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्