मायाको प्रतिकमा कोरोनाको प्रभाव : भारतको ‘ताजमहल’ बन्द



काठमाडौं : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण भारतको ऐतिहासिक धरोहर ‘ताजमहल’ बन्द गरिएको छ ।

भारतको संस्कृत मन्त्रालयले मायाको प्रतिक ‘ताजमहल’मा दिनमा नै दशौं हजारको संख्यामा आन्तिरिक र वाह्य पर्यटकहरू आउने भएकाले सो क्षेत्र बन्द गर्नु अत्यआवश्यक रहेको जनाएको हो ।

ताजमहल संसारको एउटा यस्तो पर्यटकिय स्थल हो जहाँ ७० हजार मानिसले दैनिक रुपमा भ्रमण गर्ने गरेको तथ्यांक छ । भारतमा हालसम्म १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । ५ हजार भन्दा बढी मानिसमा कोरोना परिक्षण गरिएको छ ।

भारत सरकारले मंगलबार देशभरका स्मारक र संग्रलहयहरू बन्द गर्ने घोषणा गरेको छ । संस्कृती मन्त्री प्रलाद पटेलले देशभरको १ सय ४३ वटा स्मारक र संग्रहलयहरू ३१ मार्च सम्म बन्द गर्ने जानकारी दिएका छन् भने खुल्ला गर्नुअघि सूचना जारी गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्