पोखरामा अमेरिकी नागरिक स्कोनिको मृत्यु




पोखरा : नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ ।

बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ७० वर्षीय मार्क बसेकै होटलको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनको पासपोर्ट नं.५९५६२४७१२ रहेको छ । उनी पोखरा महानगरपालिका ६ डिहिको पाटनस्थित भिलेज इन होटलमा ७ दिनदेखि बस्दै आएका थिए ।
उनको शवलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्