बलिउड नायिका सोनम कपुर ‘क्वारेन्टाइन’मा



एजेन्सी : बलिउड नायिका सोनम कपुर आइसोलेसनमा बसेकी छन् । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसकाे प्रभाब उनलाइ पनि परेकाे छ ।

हिजाे (मंगलबार) लन्डनबाट फर्किएपछि उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन् ।

भारत सरकारले विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको छ । त्यसैका लागि सोनम कपुरले आफू आइसोलेसनमा बसेको बताएकी छन्।

पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो । उनले इन्स्टाग्राममा पोष्ट गर्दै विमानस्थलमा धेरै स्थानमा स्वास्थ्य परीक्षण भएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्