तक्मे बुढाको ‘सेल्फी खिचौँला ए माया’ सार्वजनिक



काठमाडौं : हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को ‘सेल्फी खिचौँला ए माया’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय हाँस्य कलाकारका रुपमा आफ्नो छवि बनाएका राईले गीत पनि आवाज भरेका छन् ।

गीतमा विल्सन विक्रम राईलाई मेलिना राईले साथ दिएकी छन् । दीपक शर्माको सङ्गीत रहेको गीतमा शब्द राईकै रहेको छ ।

कमेडी शैलीको गीतमा भिडियो पनि सोही अनुसारको निर्माण भएको छ । सार्वजनिक गीतको भिडियोमा बुद्धि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रम स्वयं फिचर्ड छन् ।

भिडियोलाई विल्सनले नै निर्देशन गरेका हुन भने सुरेन बसेलको कोरियोग्राफी रहेको छ । विक्रम डिसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्