ड्रेसको मूल्य र हेलिकप्टरको इन्ट्रीबारे अभिनेत्री आंचलको जवाफ



काठमाडौं : अभिनेत्री आंचल शर्मा र डा.उदिप श्रेष्ठ एक साता अघि वैवाहिक सम्बन्धमा बाँधिए । विवाह सकिए पनि उनको विवाह र रिसेप्सन पार्टीको चर्चा भने यतिबेला सामाजिक सञ्जालमा ट्रोलको विषय समेत भइरहेको छ ।

विशेष गरि रिसेप्सन पार्टीमा लगाएको ड्रेसको मूल्य र हेलिकप्टरको इन्ट्रीले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

विवाहको सबै प्रक्रिया सकेपछि आंचलले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा शेयर गरेकी छन् । विवाहको तस्वीर शेयर गर्दै आंचल लेख्छिन्–‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एक पटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छन् ।जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणाभन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छन् । हाम्रो सासाना कार्यक्रममा सहभागि भएर हाम्रो आनन्दमय यात्रालाई मद्दत गर्न सहयोग गर्नु हुने सवैलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्