‘लक्का–जवान’लाई पनि कोरोना भाइरसको त्रास, प्रदर्शन मिति स्थगित



काठमाडौं : विश्वभर भैलिएको कोरोना भाइरसका कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटकपटक आग्रह गरिरहेको छ । प्रर्दशन मिति तोकेका केही चलचित्रहरु ‘म यस्तो गीत गाउँछु २’ र ‘नीरफूल’ले प्रदर्शन मिति स्थगित गरेर बसे ।

कोरोना भाइरसको त्रासले हलमा दर्शकको उपस्थिति निकै न्यून रहेको छ । यति बेला कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । कोरोना भाइरसको त्रासका कारण अर्को चलचित्र ‘लक्का–जवान’को पनि प्रदर्शन मिति स्थगन भएको छ ।

यही चैत २१ गते प्रर्दशनमा आउने तयारीमा रहेको यस चलचित्र अनिश्चित कालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । शिवहरी पौडेलको डेब्यू निर्देशन रहेको यस चलचित्र अव अर्को वर्षको भदौमा प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

चलचित्रमा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्