विश्वविद्यालयका सम्पूर्ण परीक्षा रोकियो



काठमाडौं : चैतमा हुने विश्वविद्यालयका सम्पूर्ण परीक्षा रोकिएको छ । सरकारले बुधबार विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित भएको घोषणा गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बिहीबार विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालय बोलाउने भनिए घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

यसअघि एसईई परीक्षा स्थगित गर्ने निर्णय भइसकेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्