हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क तथा साबुन वितरण



लहान : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन आज बिहान सप्तरीका हरुवा चरुवा परिवारका बालबालिकालाई मास्क तथा हात धुने साबुन वितरण गरिएको छ ।

शम्भुनाथ नगरपालिका र द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले शम्भुनाथ नगरपालिका विभिन्न वडाका ७० हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क र साबुन वितरण गरेको हो ।

वडा नं ३ स्थित शम्भुनाथ मन्दिर नजिकै रहेको बालउद्यानमा आयोजित कोरोना भाइरसको सङ्क्रमणको लक्षण र भाइरसबाट जोगिने विधिबारे जनचेतनामूलक अन्तक्र्रियामा सहभागी बालबालिकालाई मास्क र साबुन वितरण गरिएको आयोजक श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिए ।

वडा नं ३ का वडाध्यक्ष शत्रुधनप्रसाद चौधरी, वडा सदस्य ध्रुवनारायण चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीलगायतले मास्क तथा साबुन वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्