सुन आज तोलामा १५ सय घट्यो, ७५ हजारमा कारोबार हुँदै



काठमाडौं : सुनको भाउ आज (बिहीबार) तोलामा १५ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ १५ सय रुपैयाँले घटेर तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्