एयरक्राफ्ट म्यूजियम बन्द



धनगढी : कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि धनगढीको एयरक्राफ्ट म्यूजियम बन्द भएको छ ।
सार्वजनिक कार्यक्रम धमाधम बन्द भइरहेका बेला यसै सो एयरक्राफ्ट म्यूजियम बन्द भएको हो ।

आज (बिहीबार) देखि अनिश्चितकालका लागि एभिएसन म्यूजियम बन्द भएको सञ्चालक बेद उप्रेतीले जानकारी दिएका छन् । नेपाल सरकारले लिएको नीति कार्यान्वयनका लागि म्यूजियम बन्द गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्