कोरोनाको उपचारका लागि ७२ घण्टामै बन्यो ७० शैयाको अस्पताल



चितवन : भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्र (एक्सपो) मा कोरोना भाइरस (कोभिड-१९) को उपचार गर्ने गरी ७० शैयाको अस्पताल तयार भएको छ ।

मंगलबार विहान भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा भएको छलफलले ७२ घण्टाभित्र अस्पताल बनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार ७२ घण्टाभित्र सेवा सञ्चालनमा गर्ने गरी अस्पताल तयार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । अस्पतालको निर्माण एवं व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको १४ सदस्यीय टोली गठन गरेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.श्रीराम तिवारीले बताए ।

नवनिर्मित अस्पतालमा १० वटा आइसियू (सघन उपचार कक्ष), १० वटा एचडियू (उच्च निर्भरता कक्ष) र ५० वटा जनरलसहित ७० शैया रहेको छ । अस्पतताल भरतपुर महानगरपालिकाको पहलमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्